
बर्दिबास । महोत्तरीको बर्दिवासमा प्रथम मेयरकप फुटवल प्रतियोगिता हुने भएको छ । फागुन २६ गतेदेखि चैत २ गतेसम्म प्रथम बर्दिवास मेयरकप फुटबल प्रतियोगिता २०७८, शुरु हुने खेल तालिका नगर खेलकुद विकास समितिले सार्वजनिक गरेको छ ।
७ जिल्लाका ८ वटा समुहले प्रतिष्पर्धामा भाग लिने भएका छन् । वागमति प्रदेशको सिन्धुली जिल्लाबाट डकाहा टिम,मकवानपुरबाट विजय युथ क्लब,प्रदेश १ को सुनसरीबाट तालतलैया समुह,उदयपुरबाट गाईघाट ११, मधेस प्रधेसको सिराहाबाट शहलेस र प्रतिभा युवा क्लब गोलबजार,धनुषाबाट धनुषा ११ र बर्दिवासको आयोजक टिम सहित ८ वटा समुहले प्रतिष्पर्धामा भाग लिने खेलकुद विकास समितिका अध्यक्ष विष्णु बम्जनले जानकारी दिए ।
खेलकुदमध्य फुटबल यस क्षेत्रमा निकै लोकप्रिय रहि आएकाले खेलाडिहरुको प्रतिभा उजागर गर्न र खेलाडिलाई थप सक्षम बनाउ“न प्रतियोगिता आयोजना गरिएको बम्जनले बताए । आयोजक टिमका लागि समितिले बर्दिवास नगरपालिकाभित्रका प्रतिष्पर्धामा भाग लिन ईच्छुक ७० जना खेलाडिमध्य २२ जनालाई छनौट गरि प्रशिक्षण गराईरहेको छ । खेलाडिको क्षमता बढाउने उदेश्य भएकाले आयोजक टिममा बर्दिवास बाहिरका खेलाडि समावेश नगरिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता बर्दिवास रंगशालामा हुने भएपनि खेलाडिहरुको प्रशिक्षण अहिले बर्दिवास ८ स्थित हात्तिलेट क्वाटरमा भईरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरुलाई प्रशिक्षण गराईसकेका कोचहरुबाट प्रशिक्षण लिईरहेको खेलाडिहरुको टिम क्याप्टेन सन्तोष राईले बताए । आयोजक टिम निकै बलियो बनेर प्रतिष्पर्धामा भाग लिने उनको भनाई छ । २० लाख ३७ हजार ५ सय ५० नगरको बजेटबाट यो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम हुने खेलाडिलाई २ लाख,दोश्रोलाई १ लाख पुरस्कार प्रदान गरिने घोषणा आयोजकले गरेको छ ।
सहभागी सबै टिमलाई यातायात तथा खाना खर्च बापत न्युनतम १० हजार देखि ३० हजारसम्म उपलब्ध गराउने आयोजक समितिका अध्यक्ष बोम्जनले बताए । खेल म्यान अफ द म्याच,प्लेयर अफ द म्याच,सर्वाधिक गोल कर्ता,बेस्ट किपर,बेस्ट डिफेन्स,बेस्ट मिडमिल्डर,बेस्ट कोच,उदयमान युवा प्रतिभा पुरस्कार सहित नगद शिल्ड,मेडल तथा प्रमाणपत्र पनि खेलाडिलाई प्रदान गरिने आयोजक समितिका रुद्र सुस्लिङले जानकारी दिए ।