
बर्दिबास । महोत्तरीको बर्दिवासमा तेश्रो जनजाति बर्दिवास महोत्सव फागुन २६ गतेबाट शुरु हुने भएको छ । जनजातिको ऐतिहासिक परम्परा र संस्कृतिलाई जीवन्त बनाई विकाश र समृद्धिमा योगदान गर्ने लक्ष्य लिएर महोत्सव गर्न लागिएको नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीका अध्यक्ष सन्तराज मोक्तानले जानकारी दिए ।
महोत्सवमा ९ वटा स्टलमा ९ जातीका सांस्कृतिक परम्परा र सम्पदाको प्रर्दशन गरिने मोक्तानले बताए । जनजाती मध्य महोत्तरीमा बसोवास गर्ने मगर,भुजेल,तामाङ,थारु,दनुवार,राई,नेवार,मण्डल र माझी लगायत जातिको संस्कृती, सम्पदा,कला, भेषभुषालाई प्रहसन गरिने आयोजनकले बताएको छ ।
महोत्सवमा १ सय ५० वटा स्टल रहने र स्थानिय व्यावारीलाई २० प्रतिशत छुटमै स्टल उपलब्ध गराईने आयोजनकले जनाएको छ । ६० हजार बढि अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । ३७ लाख खर्चको अनुमान गरिएको महोत्सवबाट ४२ कुल आम्दानी हुने आशा गरिएको परिषद् तथा आयोजक समितिका अध्यक्ष मोक्तानले बताए ।
मनोरन्जनका लागि राष्ट्रिय कलाकारका प्रस्तुती र व्यापक खेल सामाग्री सहित युवा अवलोकनकर्ताको लागि सेल्फी स्पोटको व्यवस्था गरिने महोत्सव आयोजक समितिका सदस्य फौदसिंह स्वाङ्वाले जानकारी दिए । फागुन २६ गतेबाट शुरु हुने महोत्सव चैत ६ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।