
सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
जिल्ला रुपनी गाउँपालिका वडा नम्वर ५ बसपिट्टीमा स्थित रहेको स्वर्गीय गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रबा शनिबार १२ बजे देखि मतदान जारी रहेको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।
दिउँसो ४ बजेसम्म ६० प्रतिशत मतदान भएको निर्वाचन समितिले जानकारी दिए । उनका अनुसार कुल २ हजार ५ सय ३५ मतदाता रहेको छन् ।
कांग्रेस सप्तरीको सभापति पदका लागि डा. शेखर कोइराल पक्षबाट रामादेव साह र शेरबहादुर देउवा पक्षबाट शत्रुधन प्रसाद यादव बीच कडा प्रतिस्पर्धा भईरहेको छ ।
यादवको प्यानलबाट उपसभापतिहरुमा रामप्रसाद मण्डल र फत्ते महम्मद, सचिवहरुमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल, सहसचिवहरुमा घनश्याम साह ‘घन्सी’ र मनोज खड्गाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, साह प्यानलबाट उपसभापतिहरुमा रामकुमार यादव र ध्रुब नारायण चौधरी, सचिवहरुमा नन्दकिशोर यादव र दुर्गानन्द यादव, सहचिवहरुमा मो.मुस्लिम र रामसुन्दर मण्डलले उम्मेदवारी दिएका हुन् ।