
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए । शेरचनको आजै अन्त्येष्टि गरिने राप्रपाले जनाइएको छ ।