काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज आइतबार पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी समिति गठनलगायतका एजेन्डामा छलफल हुने बताएको छ ।
माओवादीले पदाधिकारीसँगै स्थायी समिति चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर