
काठमाडौं । तनहुँको दमौली स्थित भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ ।
विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।
आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय सञ्चारकर्मी नारायण खड्काले जानकारी दिए ।