
सप्तरी । सप्तरीमा जन्मेका वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ ।
बर्माको ९३ बर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय बिरामी रहँदै आएका उनको काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा आईतबार साँझ निधन भएको हो । बर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा थिए । उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन् ।
२०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष बनेका थिए ।