
सप्तरी । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ ।
बिहीबार विहान देखि सप्तरीको क्षेत्र नम्वर १ को (क) र (ख)को मत गणना सम्पन्न भएको छ । सो क्षेत्रमा रामदेव साह ३३७ मत प्राप्त गरेका छन् भने शत्रुद्यन यादव २९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उक्त क्षेत्रमा २६ वटा मत बदर भएको निर्वाचन समितिका सदस्य संतोष भण्डारीले जानकारी दिए ।