
सप्तरी । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्रि मातृकाप्रसाद यादवले स्थानिय तहकाे निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताएका छन् ।
शनिबार राजविराजमा प्रेस सेन्टर सप्तरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नो तागतमा पनि भरोसा गर्नुपर्ने बताएका छन् ।
‘आफ्नो तागत छैन भने गठबन्धनले पनि केही हुँदैन’ उनले भने, ‘साथीहरुले गठबन्धनमा जोड दिइरहनु पर्ने उनले भने । विगतमा पनि गठबन्धनको सरकार हुँदा पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उनले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवा इमान्दार भए गठबन्धन नै चुनावमा जाने र इमान्दार नभए चुनावमा गठबन्धन नहुन पनि सक्ने नेता यादवकाे भनाई छ ।
अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्ने बताए ।