
Save Hinduism Save Humanity नामक अभियानको नेतृत्वकर्ता हिन्दुवादी युवा अभियानी सुदिप झाको पहलमा आज मिथिलाको १५ दिने माध्यमा परिक्रमाको श्रद्धालुभक्तजनहरू भोजन गराइएका छन्।
धनुषाको पर्वतमा विश्राम पश्चात धनुषाधाम को यात्रा अन्तर्गत धनुषाधाम मा Save Hinduism Save Humanity संस्था का स्वयंसेवकहरु खाना खुवाउन खटेका थिए। प्रेम झाको संयोजकत्वमा च्युरा,दही,चिनी,सहित पानी बाड्दै गरेको दृश्यहरु देखेर भक्तजनहरुलाई निकै नै प्रशंसा गरेका थिए।
समाजिक कार्यमा सक्रिय रुपमा “हिन्दुत्व जोगाऔँ,हिन्दुत्व बचाऔँ” अभियान स्वरूप निरन्तर समाज सेवा मा खटेका छन्। परिक्रमामा नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रा हुने गरेको छ । जसमा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ ।
परिक्रमाका क्रममा पुगिने सबै धार्मिक स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्। परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ ।