
बर्दिबास : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छ ।
लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ ।
सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ । जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ । -एजेन्सी