
सर्लाही । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो ।
कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ ।
यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई अघि बढाइएको छ ।
यस्तै, सर्लाहीकै लालबन्दी नगरपालिका रामनगरस्थित पुरानो गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएको छ । प्रशासनले स्थिति सामान्य बनाउन केही राउन्ड हवाईफायर गरेको थियो । यहाँ केही बेरअघिबाट मतदान पनि सुरु भएको छ ।