बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० मा बिहान सात बजेदेखि अपराह्न ५ बजेसम्म मतदान प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० को ने. रा. नि. मा. वि. बहादुरगंज वर्टौवा मतदान केन्द्र ‘क’, र ‘ख’ मा १ हजार २ सय ४८ जना मतदाता तेस्तै सोहि वडाको प्रा.वि. बडेर्वा मतदान केन्द्र ‘क’, र ‘ख’ मा ९ सय ४२ जना गरी दुबै मतदान केन्द्रमा २ हजार १ सय ९० जनाले मत खसाएको हो ।

गौशाल नगरपालिका वडा नम्बर १० मा कुलमतदाताको संख्या २ हजार ९ सय ४० जना रहेको छ । मतदान सम्पन्न पश्चात मत पेटिकाहरु मतगणनास्थल गौशाला नगरपालिकामा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर