
अन्जनी कुमारी महतो,गौशाला । महोत्तरीको एकडारामा टेम्पु र मोटरसाईकल एक आपसमा ठोकिदा दुईजना घाईते भएको छ ।
एकडारा गाँउपालिका –१ स्थित भित्री सडक खण्डमा ज १ ह १६६४ नम्बरको टेम्पु र प्रदेश २–०२–००१० प ३२०१ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक सहित दुई जना घाईते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक एकडारा गाउँपालिका १ बस्ने वर्ष २६ को रामबिर मंडल र सोहि मोटरसाईकलमा पछाडी सवार सोहि ठाउँका वर्ष ३० को राजकुमार मंडल घाईते भई दुवै जनाको रामजानकी अस्पताल जनकपुरमा उपचार भई रहेको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।