अन्जनी कुमारी महतो, औरही । विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमीटेडले होली मिलन समारोह समपन्न गरेको छ ।

औरही नगरपालिका वडा नम्बर ७ स्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमीटेडको प्राङ्गणमा आयोजना गरेको होली मिलिन समारोह सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सहित कर्माचारी लगायत सञ्चारकर्मी र गाँउबासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जितेन्द्र यादवले बढ्दै गएको आधुनिकताले गर्दा परमपरा लोप हुदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । आफ्ना संस्कृतिलाई जगेर्ना गर्न सके आउने सन्ततिको लागी उपहार हुने बताउनुभयो ।

पहिलाको होलीमा जोगिरा गाउने गरिएको बताउदै अध्यक्ष यादवले अहिले आधुनिकताले गर्दा पहिलाको होलीको महत्व र रौनक हराउदै गरेको बताउनुभयो ।

अहिलेको होलि तडकभड्कमा मात्र सिमित भएको बताउदै यस्ता बिकृतिलाई रोक्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर