बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार तेज बहादुर भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् ।

भाटका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गरेका छन्।
त्यस्तै नगर उपप्रमुखमा नेपाली कांग्रेसकी अनिता चौधरी विजयी भएकी छिन् । उनी ८ हजार ३ सय ३५ मत ल्याएर विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर