बर्दिया । राजापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट राजापुर नगरपालिकाका नगर प्रमुख उम्मेदवार दिपेश थारू ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् ।

दिपेश थारूका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै राजापुर नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)की मनकला कुमारी चौधरी विजयी भएकी छिन् । उनी १० हजार ८६ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी यसोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सावित्री शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत प्राप्त गरिन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पहारी चौधरीले ६ हजार ७२ मत प्राप्त गरे । पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दिपेश थारूले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका दीपकजंग शाहलाई ४७ मतान्तरले पराजित गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर