कास्की। कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २० वर्षीय नबिन थापा रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २१ वर्षीय दिपेन्द्र रावतको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १३ प ८१०६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ९३८१ नम्बरको ट्रक हिजो साँझ ५ बजे आपसमा ठोक्किएका थिए।

ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर