
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ। । बुधबार सेयर बजार ८.९० अंकले घटेर २ हजार २७४.४२ विन्दुमा रोकिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय २१ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : जल्पा सामुदायिक लघुवित्त र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ८ वटा उपसुचक बढेको छ भने ५ वटा उपसुचक घटेको छ। आजको कारोबारमा राधी बिद्युत कम्पनी र सिइनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।
यस्तै, सुर्योदय वोमी लघुवित्त र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन्। यी सुर्योदय वोमी लघुवित्त को सेयर मूल्य १० प्रतिशतले घटेको हो।