
गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ८ मा ३०० मतको गणना हुँदा मेयरमा र वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता कायम राखेको छ ।
राती ९ बजे मतपरिमाण अनुसार मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ७९, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ९५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले १९, नेकपा एकालेका अयक कुमार कुशवाहाले १८ र नेपाली काँग्रेसले ७२ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा जसपाकी रेनु कुमारी ७७, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले १०७ र लोसपाकी लाल कुमारी लामाले १६, नेपाली काँग्रेसले ७१ र नेकपा एमालेकी राज कुमारी श्रेष्ठले ९ मत ल्याएकी छीन् ।
यस्तै, वडाध्यक्षमा जसपाका अनिल कुमार महतोले ७४, नेपाली काँग्रेसका बेदानन्द कुमार श्रेष्ठले ८७, नेकपा माओवादी केन्द्रका भोज बहादुर दर्लामीले १०५, लोसपाका राम सकल ठाकुरले १७ र नेकपा एमालेका राम बाबु महतोले ७ मत ल्याएका छन् ।