
गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ७ मा ५०० मतको गणना हुँदा मेयरमा र वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
राती ९ बजे मतपरिमाण अनुसार मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले १७५, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले १२५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ३१, नेकपा एकालेका अयक कुमार कुशवाहाले २२ र नेपाली काँग्रेसले ५८ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा जसपाकी रेनु कुमारी १७५, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले १२५ र लोसपाकी लाल कुमारी लामाले ३१, नेपाली काँग्रेसले ६१ र नेकपा एमालेकी राज कुमारी श्रेष्ठले २१ मत ल्याएकी छीन् ।
यस्तै, वडाध्यक्षमा जसपाका मनोज चौधरीले १६९, नेपाली काँग्रेसका रुद्र नारायण चौधरीले ६२, नेकपा माओवादी केन्द्रका किसुन देव कुमरले १०८, लोसपाका राम दुलार रायले ३१ र नेकपा एमालेका राम बाबु कुर्मिले २१ मत ल्याएका छन् ।