सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले पुन: मतगणनाको माग गर्दै प्रदर्शन गरेका छन् । बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ को २ वटा मतदान केन्द्रको मतगणना पुन: गर्न माग गरेका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेशकुमार यादवको नेतृत्वमा मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन भएको छ । माओवादीले निर्वाचन अधिकृतको कार्यालयमा पुन: मतगणना गर्न भन्दै निवेदन समेत दर्ता गराएका छन् ।

मंगलवार वडा नम्बर–३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले धोषणा गरेपछि निकट्तम प्रतिद्वन्द्वी माओवादीका भुवनेश्वर यादवका समर्थकहरुले असंतुष्टि व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले यादव ६०० मत ल्याएर निर्वाचित भएको र उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका यादवले ५९९ मत प्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर