
गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले १५१४ मतले अग्रता कायम राखेको छ ।
गौशाला नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ को मतगणना सम्पन्न भएको छ भने वडा नम्बर ८ र ९ मतगणना जारी रहेका छन् ।
त्यस्तै, वडा नम्बर ८ को १७५३ र वडा नम्बर ९ को ५०० मतगणना भएको छ । विहान १० बजेको मतपरिणाम अनुसार मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ५४०२, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ३१५१, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले १९२८, नेपाली काँग्रेसका वसन्त कुमार गुरुङ्गले ३८८८ र नेकपा एमालेका अजय कुमार कुशवाहाले ११०० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी ५२२८, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ३२३५ र लोसपाकी लाल कुमारी लामाले १९३३, नेपाली काँग्रेसकी सुसिला देवी ३७१३ र एमालेकी राज कुमारी श्रेष्ट १०१४ मत ल्याएका छन् ।