बारा । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

वडा नम्वर १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् । चुनाव जितेर विजयी र्‍यालीमा वडा नम्वरमा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए । स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताएका छन् ।

मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताए ।

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याएका छन् ।

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । – अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर