महोत्तरी । महोत्तरीमा शुक्रबारबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ। स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो।

स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले एक कार्यक्रमकाबीच बिदाइ गरे।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले प्रशंसापत्रसहित बिदाइ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर