
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष दिनेश कुमार यादवले विजयी उत्यस मनाउन सोमबार गाउँपालिका भरी सार्वजनिक विाद दिएको छ ।
गाउँपालिकाका नव निर्वाचित अध्यक्ष यादवको आदेशमा गाउँपालिका भारी सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामा समेत बिदा दिइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नव निर्वाचित अध्यक्ष यादवको आदेशानुसार जेठ ९ गते सोमबार गाउँपालिका भरी सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हाल सम्म मधेश प्रदेशका ८ वटै जिल्लामा कुनै पालिका प्रमुखले विजयी उत्सव मनाउँनको लागि कुनै स्थानीय तहमा बिदा दिएको छैन् । तर सप्तरीको रुपनीमा विजयी उत्सव मनाउँको लागि गाउँपालिका भरी सर्वजनिक बिदा दिएको हो ।