गौशाला । महोत्तरीको गौशाला नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डा. दिपेन्द्र महतोले पदभार ग्रहण गरेका छन् ।

सोमवार पदभार ग्रहण गर्दै नगरप्रमुख डा.महतोले जनताले गरेको अपेक्षा अनुसारको नगरमा विकाशको काम हुने बताएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा डा.दिपेन्द्र महतो निर्वाचित भएपछि नगरपालिकाले भब्य स्वागतका साथ पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गौशाला नगर प्रहरीहरुले समेत नवनिर्वाचित नगर प्रमुख डा. महतोलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर