फुलगेन मगही, ढल्केवर । महोत्तरीको बर्दिवासस्थित शिशिर घिमिरे स्मृति प्रतिष्ठान नेपालले साहित्यकारहरुलाई सम्मान गरेको छ । शनिवार बर्दिवासमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले साहित्यकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको शिशिर घिमिरे प्रतिभा पुरस्कार यस वर्ष नेपाली साहित्यका साहित्यकार तोया राज घिमिरेलाई प्रदान गरिएको छ । यस्तै यस वर्षको श्रष्टा सम्मान मिथिला साहित्य प्रतिष्ठानका सल्लाहकार समेत रहेका नेपाली साहित्यका साहित्यकार नानी बाबु दाहाल बन्चरो र बर्दिवास सांस्कृतिक साहित्य प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेललाई प्रखान गरिएको प्रतिष्ठानका संक्षरक प्रेम घिमिरेले जानकारी दिए ।

उनीहरुलाई रेडियो प्रचारक संघ महोत्तरीका अध्यक्ष राज कुमार श्रेष्ठ र प्रमुख अतिथि विदुर कुमार कार्कीले प्रमाण पत्र र खाँदा लगाई सम्मान गरेका थिए ।

साहित्यकार तोयाराज घिमिरेकाे स्वास्थ्य लाभकाे कामना गर्दै श्रष्टाहरुले उपचारको लागि चन्दा संकलन गरेको आर्थिक रकम पनि उनलाई हस्तान्तरण गरिएको थियो । घिमिरे लामो समयदेखि पित्त थैलीको क्यान्सर रोगबाट ग्रसित छन् । पछिल्लो समय मुम्बइमा टाटा अस्पतालमा उपचार गराइरहेका छन् ।

नेपाली साहित्यमा कलम चलाउने कलमबिर साहित्यकारहरुको उत्साह र साहित्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बर्षेनी सम्मान र पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका संक्षरक घिमिरेले बताए ।

संरक्षक घिमिरेको अध्यक्षतामा तथा बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव सानुमाया पुलामीले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा कलाकार तथा गायक रुद्रसेन विश्वकर्मा, बर्दिवास साहित्यक सांस्कृति प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल जीवन स्पर्शी, मिथिला नगर साहित्यका अध्यक्ष बीपी राज दाहाल, ओविसी महासंघका जिल्ला अध्यक्ष परमेश्वर महतो, मगही भाषा अभियन्ता फुलगेन मगहीसहितका श्रष्टाहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर