औहरी । महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ औरही बजार स्थित रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका पुर्व अध्यक्ष औरही नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप कुमार खडकालाई संस्थाले सम्मान गरेको छ ।

सहकारी प्ररीसरभित्र सहकारीका संचालक समितिका अध्यक्ष मोतिलाल यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष एवम् नवनिर्वाचित मेयर खडका, १ न. वडाका अध्यक्ष योगी चौधरी ,२ नं. वडाका अध्यक्ष देरश यादव र सहकारीका सञ्चालक समिति र कर्मचारीहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मेयर खडकाले बिगतको पाँच वर्षमा न भएको काम गर्ने दाबि गरे ।
उनले कृषि सहकारी र कृषिबाट आएको अनुदान कृषि सहकारीबाट नै ऋण प्रवाह गर्ने व्यवस्था र सहकारी अनुगमन टोलि बनाउने प्रतिबद्धताका साथ सहकारी प्रति सम्मानका लागि आभार प्रकट गरे।

प्रतिक्रिया

सम्बन्धित खवर