गौशाला । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको बैठकमा छलफल सुरु भएको छ ।

शनिबारदेखि काठमाडौंमा सुरु भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष महन्थ ठाकुरले राज्यशक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए ।

अध्यक्ष ठाकुरले राज्यशक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो ।

पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर