गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० स्थित श्री बालखण्डी बाबा मन्दिरमा ९ दिने श्री सीताराम नाम जाप नवाह महायज्ञ आजबाट सुरु भएको छ ।

समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले मन्दिरमा प्रथम पटक ९ दिने महायज्ञ आजबाट सुरु भएको हो । 

बाजागाजा सहित निकालिएको कलश यात्रा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरी भरतपुर र गौशाला बजारको बीचमा अवस्थित मरहा खोला (मांडवी गंगा)मा जल भरेर श्री बालखण्डी बाबा मन्दिरमा स्थापित गरिएको श्री सीताराम नाम जाप नवाह महायज्ञ समितिका सचिव मणिक लाल महतोले बताए ।

आज सुरु भएको महायज्ञमा ३३५ बढी कुमारी कन्या सहभागी सहितको विशाल कलश यात्रा निकालिएको थियो ।

उक्त महायज्ञमा विभिन्न गाउँका कृर्तन मण्डलीले साजबाजका साथ आ–आफ्नो प्रदर्शनी गर्नेछन् । यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास रहेको गौशाला नगरपालिका वडा नम्बर १० का नवनिर्वाचित वडाध्यक्ष विष्णु कुमार महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर