जनकपुरधाम । समाजिक सँजाल भनिने टिकटक प्लेटफर्मबाट विस्तारै यौनधन्दा पनि फस्टाउँदै गएको सहजै अनुमान गर्न सकिन्छ ।

टिकटकमा लाईभ बसेपछि काम गर्न विदेशियाका युवाहरुले मनोरञ्जनको उदेश्यले युवतिहरुलाई हजारौँ रुपैयाँको गिफ्ट पठाउने गरेको कसैबाट लुकेको छैनन् ।

तर, त्यो गिफ्ट उनीहरुले त्यतिकै सजिलै पठाउँदैनन् । १०० रुपैयाँदेखि ७० हजार रुपैयाँसम्मको टिकटकमा पाइने गिफ्ट युवकहरुले त्यतिकै पठाउँदैनन् ।

सो गिफ्ट प्राप्त गर्नको लागि टिकटकमा लाईभ बस्ने युवायुवतिहरुले प्रतिष्ठाको मूल्य चुकाउनुपर्छ । टिकटकमा लाईभ बस्दा उनीहरुले गिफ्ट पाउनुभन्दा पहिले गिफ्ट गर्ने व्यक्तिसँग सम्झौता पनि गर्ने गरेको पाइएको छ ।

ईमो, व्हाटसएप, भाईबर, फेसबुकबाट भिडियो कल गरी कपडा फुकाल्न लगाउने, गन्दागन्दा कुरा गरी भर्चुअल यौन क्रियाकलाप गरी गिफ्ट पाउने गरिन्छ । परिवारको छाक टार्न विदेश गएका अधिकाँश युवाहरु सोही क्रियाकलापमा लागेको देखिएको छ ।

खास गरी टिकटकमा लाईभ बस्ने युवतीहरुले गिफ्ट पाउने लोभमा कपडा फुकालेर भिडियो कल गर्ने, यौनाँग देखाउने, अश्लिल कुराकानी गर्ने प्रवृति मौलाउँदै गएको छ । यति मात्र होईन, गिफ्ट गर्ने कतिपय व्यक्तिले भिडियो कलमा कपडा फुकाल्दा, अश्लिल कुराकानी, हाउभाउ गर्दा त्यसको स्क्रीन रेकर्डिङग, कल रेकर्डिङग समेत गर्ने गरेको पाइएको छ ।

ज्ञातव्य छ, आफूलाई स्वघोषित टिकटक स्टार भन्ने कैयौँ युवतिहरुले अहिले टिकटक प्लेटफर्म छाडेर मौन जीवन बिताइरहेकी छन् । कैयौँ युवतिको एमएमएस भिडियो टिकटकमै लिक भएको घटनाहरु टन्नै छन् ।

कसरी हुन्छ एमएमएस भिडियो लिक ? 
टिकटकमा लाईभ बसेर पैसा कमाउने लोभले युवायुवतिहरु अहिले पढाई लेखाई छाडेर पूर्णतः समय टिकटकमै दिएको हुन्छ । युवाहरुले त कमेडिय भिडियोहरुमा बढी ध्यान दिएको देखिन्छन भने खास गरी युवतिहरुले अश्लिल प्रकारको नृत्य गर्ने, अश्लिल खालको हाउभाउ गरेर फ्लोवर बढाउने चक्करमा सँस्कार र सँस्कृतिलाई नै ओभरटेक गर्दै गएको देखिएको छ ।

लाईभ आएर गिफ्ट पाउने चक्करमा उनले जोसुकैसँग अश्लिल कुराहरु गर्न पनि पछि हट्दैनन् । अध्ययन अनुसार, उनको बुवाआमालाई यति मात्र थाहा हुन्छ की उनको छोरीले टिकटकमा नोकरी गरी पैसा कमाउने गरिएको छ , तर यथार्थ परै छ ।

गिफ्ट पाउने लोभमा खास गरी युवतिहरुले विदेश बस्ने युवकहरुसँग जोडिन्छन् । उनीहरुले पनि गिफ्ट पठाउने आसा दिएर अन्य माध्यमबाट भिडियो कल सुरु गर्छ । तर, उनीहरुले गर्ने कुराकानी कतिपयले रेकर्ड गरिरहेको हुन्छन् । विदेशबाट आउँदा भेटघाट गर्नको लागि दबाब दिन्छन्, भेट गर्न नआएपछि र उनले फोनमा गरेको कुराकानी वास्वतमै गर्न दबाब सृजना हुन्छन् । त्यस्तो गर्न नमान्दा उनीहरुले सोही रेकर्डिङ समाजिक सँजालमा लिक गरिदिएको घटनाहरु पनि छन् ।

ईज्जत प्रतिष्ठा र गोपनीयता दाउमा लगाएर अहिलेका अधिकाँश युवतिहरु टिकटकमै दिनभरि, रातभरि समय दिएको उदाहरण जिवितै छ । जसलाई कुनै काम छैनन उनीहरु दिनभरि टिकटक भिडियो बनाएर बस्छन् ।

आफूलाई आफैँले टिकटक स्टार घोषित गरेर अनैतिक तवरबाट केही पैसा कमाउने युवतिहरुले अप्रत्यक्ष रुपमा यौनधन्दामै सँलग्न गर्ने तर्फ लागिपरेको छ । यद्यपी, यो असलियत उनको आफन्त र उनको परिवारजनलाई थाहा नहुन सक्छ । टिकटक चलाउने सबै युवायुवतिहरु त्यस्ता नै हो भनेर होईन तर, त्यसमध्ये अधिकाँश त्यस्तै क्रियाकलापमा सँलग्न देखिएको छ ।

टिकटकमा गिफ्ट पाउने लोभमा ब्लैकमेलको शिकार हुँदै 
युवतिहरुमा अहिले गज्जबको नशा छाएको छ । उनीहरुले समाजलाई अपच हुने खालको गतिविधि, नृत्य, पहिरन, क्रियाकलाप गरी समाजलाई चुनौति दिन खोज्दैछन् । यथार्थमा, यस्तो गर्नाले उनको परिवारप्रति दृष्टिकोण र उनलाई हेर्ने नजरिया बहुत फरक भएको देखिन्छ ।

गिफ्ट पाउने चक्कर र लोभमा विदेशीएका युवाहरुसँग भर्चुअल साँठगाँठ गरी गिफ्ट त पाउँछन् तर, समस्या आफैँमाथि निम्त्याउने पनि गरिन्छ । भिडियो कल, भ्वाईस कलमा कुराकानी गर्दा विदेश बस्ने अधिकाँशले रेकर्ड नै गर्छन् । उनीहरुको ईच्छा अनुसार क्रियाकलाप नगरे भिडियो समाजिक सँजालमा पोष्ट गर्ने गरेको पाइएको छ ।

टिकटकमा विगतदेखि नै देखिदै आएकी स्वघोषित कैयौँ स्टारहरुले अहिले टिकटकमा देखा पर्दैनन् । उनीहरुले पनि सोही प्रकरणका ग्रुजिएर हुन सक्छ तर यथार्थ बाहिर आएको छैनन् । कैयौँले त आत्महत्या नै गरेको समाचारहरु टन्नै छन् ।

आत्महत्याको पछाडी सुक्ष्म अनुसन्धान गर्दै जाँदा अन्त्यमा टिकटक र ब्लैकमेल नै तथ्य पत्ता लाग्न सक्छ । अप्रत्यक्ष रुपमा भन्दाखेरी टिकटक प्लेटफर्ममा केही युवतिहरुले आफैँ यौनधन्दा सँचालन गरेर पैसा कमाउने गरिएको देखिएको छ ।

टिकटकमा गिफ्ट (क्वाइन) को दर

Current price of the coins in USD

70 coins        $1.10

350 coins     $5.54

700 coins     $9.63

1400 coins    $21.46  and so on

Hence each coin costs around $0.01532 which are slightly more expensive than earlier.

TikTok Diamonds

Diamonds are half the value of coins amount i.e 2 coins is equal to 1 diamond. Diamonds are what you get on live stream and also real earnings. For example:-

70 coins              $1.10

1 coin                  $0.0157

1 diamond         $0.00785

 

Submarine                               5199 coins        $72.575

Jet Plane                                 6000 coins        $83.75

Yacht                                       7499 coins         $104.68

Interstellar                              10000 Coins

Sunset Speed                         10000 Coins

Castle Fantasy                     20000 coins        $279.188

Golden Sportscar               29999 coins      $404.82

Lion                                      29999 coins      $404.82 TikTok lion gift price and is second most expensive Tiktok Gifts after TikTok Universe and same as Golden Sports car.

TikTok Universe                  34999   Coins       $536.18

न्युज स्रोत : न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर