
गौशाला । सहज रुपमा सुचना उपलब्ध गराउन महोत्तरीको गौशला नगरपालिकालार्ई ध्यानाकर्षण पत्र बुझाइएको छ।
गौशाला नगरपालिकालाई कार्य क्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकारहरुका एक समुहले सोमबार नगर प्रमुख डा.दिपेन्द्र महतोलाई ३१ बुन्दे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बिगत केहि समय देखि गौशाला नगरपालिकाले कुनै पनि कार्यक्रम गर्दा केहि मिडियालाई मात्र जानकारी गराउने गरिएको भनि असन्तुष्ट रहेका अन्य मिडिया र मिडिया आबद्ध संचारकर्मीहरुले समाचार र सुचना संप्रेशनमा बाधा पुगेको भनि सबैलाई सहज ढंगबाट सुचना उपलब्ध गराउन भनि नगर प्रमुख महतोलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा नगरपालिकाले कुनै कार्यक्रम गर्दा समाचार तथा सुचनाका लागि कार्यक्षेत्रमा रहेको सम्पूणर् मिडिया तथा पत्रकारलाई जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख महतोले भने ‘ मेरो यसमा गम्म्भिर ध्यानाकर्षण भएको बताउँदै यस बारे सुचना अधिकारीलाई निर्देशन दिई सकेको छु, यदि निर्देशन अनुसार अगामी दिनमा पनि सुचना उपलब्ध नभए अर्को विकल्प तिर लाग्ने छु।’