
गौशाला । महोत्तरीको गौशाला नगरपालिका भित्र रहेको ३३ वटै समुदायिक विद्यालयहरुमा बिधार्थी भर्ना नि:शुल्क गरेका छन् ।
बिहिबार श्री त्रिभुवन मावि विद्यालयका शिक्षकहरु सँगको छलफल पछि गौशाला नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोले नगर पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई भर्ना शुल्क नि:शुल्क गर्ने निर्णय गरेका छन् ।
साथै शिक्षकहरुको छलफल पाछि संचारकर्मी संगको कुराकानीमा मेयर महतोले भने ‘गौशाला नगरपालिका भित्र रहेको ३३ वटा विद्यालय मध्य अहिले श्री त्रिभुवन मा.विद्यालयलाई निर्देशन दिई सकेको छु, बाँकी रहेको विद्यालयका प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आजै जानकारी दिनेछु साथै भर्ना शुल्क लिएको बिधालय लाई पनि शुल्क लिसकेको रकम विद्यार्थीहरुलाई फिर्ता गराउन पहल समेत गर्ने’