बर्दिबास । महोत्तरीको बर्दिबासमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ८ हात्तिलेट स्थित बर्दिबासबाट हात्तिलेट बजार तर्फ जादै गरेको प्र.२–०२–००२ प ९०९७ नम्बरको मोटरसाईकलले सोहि ठाँउ बस्ने वर्ष ७० को क्षेत्र बहादुर रानालाई बाटो काटने क्रममा ठक्कर दिँदा घाईते भाई शुभ स्वस्तिक होस्पिटल बर्दिबास उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकल बर्दिबास नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ को आशिष महतो प्रहरीले नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर