काठमाडौँ : शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर