गौशाला । महोत्तरीको बर्दिबास नगरपालिकामा बर्दिबास युवा सञ्जाल गठन गरिएको छ ।

करिब एक महिना अगाडी गठन भएको सञ्जाललाई बिहिबार अधिकारीक रुपमा दर्ता भएको छ । बर्दिबास नगरपालिकामा सुरिन्द्र साहको संयोजकत्वमा ११ सदस्यीय कार्यकारी समिति गठन गरिएको हो ।

लकडाउका समैमा निकै समाजसेवीको रुपमा दिनरात ओहरात्र खटिएका साहको संयोजकत्वमा गठित सञ्जालको कार्यकारी समितिको उपाध्यक्षमा वोधवहादुर आले, सचिवमा ओम नारायण साह र सह सचिवमा टंकहरि खतिवडा रहेको छ भने कोेषाध्यक्षमा सन्तोष साह कानु रहेका छन् ।

तेस्तै सदस्यहरूमा दुर्गा तिमल्सिना, सरस्वती माया भुजेल, तुलसी पंथी खतिवडा, भरत कुमार मण्डल, योगेश महतो र बिरेन्द्र महतो रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर