
गौशाला । महोत्तरीको गौशालामा माटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
गौशाला नगरपालिका वडा नम्बर ४ स्थित गौशालाबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोहि दिसाबाट जादैक गरेको ज १० प २०६६ नम्बर मोटरसाईकलले ठक्कर दिदाँ साइकल यात्री सोहीवडा बस्ने अन्दाजी वर्ष ५० को गणेश बहादुर थापा (कलुवा) मगरको टाउमा चोटलागी गम्भीर धाईते भई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईको र निजको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।
थापाको शव पोष्ठमाटमको लागी प्रदेशिक अस्पताल जलेश्वर पठाईएको र मोटरसाइकल चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरी निरीक्षक मिश्रले जनकारी दिए ।