सप्तरी :  सप्तरीमा करेन्ट लागेर एक जना र पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।  घरमा पानी तान्ने माेटर चलाएर लुगा धुँदै गर्दा करेन्ट लागेर राजविराज नगरपालिका ९ की रुमी खातुनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै तिलाठी कोईलाडी गाउँपालिका ६ का राजकुमार मण्डलको पाँच वर्षीय छोरा विजयकुमारको कल्भर्टमा जमेको पानीमा डुबेर ज्यान गएको छ । घरदेखि एकसय मिटर टाढा खेल्ने क्रममा कल्भर्टमा जमेको पानीमा डुबेर उनको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर