
पर्सा : पर्साबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेको युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १४ का २३ वर्षीय सुमन पटेल रहेको प्ररहीले जनाएको छ ।
शुक्रवार विहान करिब १० बजे वीरगञ्ज–१६ नगवा बस्ने ३० वर्षीय नेजामुल हक अन्सारीको नाममा दर्ता रहेका ना ५५ प ४९८६ नम्बरको रोयल ब्लू रंगको १५० सिसी पल्सर मोटरसाइकल पार्किङ्ग गरेर राखिएको अवस्थामा चोरी भएको थियो ।
घरको आँगनमा पार्किङ गरी राखिएको मोटरसाइकल पटेलले लक तोडी चोरी गरी सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखेको खुलेपछि मोटरसाइकल बरामद गरी पटेलमाथि चोरी कसूरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।