
सप्तरी । नेपाल अडिट्रर्स एशोसिएसन सप्तरीले कञ्चनरुप नगरपालिकाले बिचौलिया मार्फत सामुुदायिक विद्यालयको लेखापरीक्षण गराई रहेको आरोप लगाएका छन् ।
आइतबार नेपाल अडिट्रर्स एशोसिएसन सप्तरीले कञ्चनरुपमा पत्रकार सम्मेलन गरी लेखापरिक्षक नियुक्ती भएको विषयमा जानकारी गराएका छन् ।
एशोसिएसन सप्तरीका अध्यक्ष विश्वनाथ देवले भने लेखापरिक्षक नियुक्तीमा व्यापक अनियमितता भएको भन्दै छानविन गरि कार्यवाहीको माँग गरेका छन् ।
अध्यक्ष देवले भने,‘ बिराटनगरका लेखापरिक्षकलाई बिचौलिया मार्फत लेखापरिक्षण गर्न जिम्मेबारी दिइएको छ ।’ उनले भने,‘ हामीले नियुक्ती पाएका लेखापरिक्षको बारेमा सोधी खोजी गर्दा तीन जना लेखापरिक्षक त बिरामीले थलिएर बेडबाट उठ्न समेत सक्ने अवस्थामा छैन, तर उनको नाममा कञ्चनरुपले नियुक्ति दिइएको छ ।’
कंचनरुप नगरपालिका शिक्षा शाखाले लेखापरिक्षकको नियुक्ति गर्न सूचना पालिकाको वेवसाइटमा असोज १२ गते प्रकाशित गरेपछि ३३ जनाको निवेदन परेकोमा १५ जनालाई मात्र आर्थिक चलखेल गरि मनपरी तरिकाले नियुक्त गरेको उनको आरोपन छ ।
३३ जना मध्ये १३ जना स्थानिय लेखापरिक्षकको निवेदन परेकोमा ३ जनालाई मात्र नियुक्त गरि व्यापक अनियमितता गरेको एशोसिएसनका पदाधिकारीहरको भनाई रहेको छ ।
नेपाल अडिट्र्स एशोसिएसनका मधेश प्रदेशका उपाध्यक्ष सुदम्बर यादबले भने,‘ १५ जनामा १३ जना सप्तरी बाहिरका र त्यसमा पनि १२ जना एमाले निकट पहाडी बाहुनलाई आर्थिक चलखेल गरेर लेखापरिक्षण गर्न नियुक्ति दिइएको छ ।’ यादबले संघियताको मर्म विपरीत बाहिरका लेखापरीक्षकलाई शिक्षा शाखाका कर्मचारीहरुले आर्थिक चलखेल गरेर तीन वर्षको लेखापरीक्षक गर्न दिएको छ ।
‘हामीले फागुन ११ गते लेखापरिक्षकको नियुक्ति सम्बन्धमा सूचना माग गर्दा २८ दिन बित्दा समेत कुनै सूचना दिएको छैन ।’ प्रदेश उपाध्यक्ष यादबले पत्रकार सम्मेलनमा भने,‘ लेखापरिक्षक नियुुक्तिबारे आवश्यक छानबिन गरि कडा कारवाहीको माग गरे । कञ्चनरुप नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरुले आ.ब. २०७५÷०७६ देखी २०७७÷७८ सम्म तीन वर्षको हालसम्म लेखापरिक्षण गराएका छैनन् । नगरपालिकाको शिक्षा शाखाले ती विद्यालयहरुको लेखापरिक्षणका लागि प्रदेश १ का ११, मधेश प्रदेशको लहानका १ तथा सप्तरीका ३ जना लेखापरिक्षकहरुलाई नियुक्त गरेको छ ।
सो विषयमा सूचना माग गर्दा सोको कुनै जानकारी नदिनुुले पनि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको आर्थिक चलखेल भएको प्रष्ट देखिन्छ उनले भने ।