
गौशाला । महोत्तरीको भंगहाबाट लागुऔषध सहित एकजना पक्राउ परेको छ ।
मंगहा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ६८ को बेचन साहलाई आफ्नै घरबाट ५०० ग्राम लागुऔषध गाँजा सहित प्रहरी चौकि सितापुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुदामा ४ दिन म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।