जनकपुरधाम :  समयमा कार्यालय नआउने र आएपनि कार्यालयमा नबस्ने कर्मचारीहरुसँग सिरहाको लहान नगरपालिकाले स्पष्टिकरण माग गरेको छ ।

 

मेयर महेश चौधरी आइतबार कार्यालयको छड्के गर्दा अधिकांश कर्मचारी अनुपस्थित देखिएका थिए ।

प्रशासन शाखालाई समेत जानकारी नगराएर २३ कर्मचारी अनुपस्थित रहेको मेयर चौधरीले बताए ।

अधिकांश कर्मचारी कार्यालयमा नभेटिएपछि उनीहरूमाथि आवश्यक कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको मेयर चौधरीले जानकारी दिए ।

अनुपस्थित रहेका कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसालले २४ घण्टे स्पष्टीकरण सोधेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर