
काठमाडौं : ६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता हुने भएको छ ।
नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाह यति बेला चार दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनीको ह्यामबर्गमा पुगेकी छिन् ।
सम्मेलनमा झण्डै २७८५ राष्ट्रिय जोन्टा सदस्यहरुको सहभागीता रहने छ । जोन्टा एक गैर नाफा मुलक संस्था हो । यो संस्थाको सञ्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ९ वर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार ,समानता र आर्थिक सशत्तिकरण , बालविवाह र मानव बेचबिखन रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत् विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।