राजविराज। सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। गएरातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाब बढेको हो।

कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाब एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ।

पानीको बहाब बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर