जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एक सशस्त्र प्रहरीलाई पक्राउ गरिएको छ ।

रक्सी(दारु) सेवन गरी युवाहरुलाई गाली गलौज गरेपछि उनलाई प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ ।

जनकपुरधामस्थित रहेको रेल्वे स्टेशनमा डयुटी रहेको सो सशस्त्र प्रहरी जवानले स्टेशनको ग्राउण्डमा युवकहरुले बर्थडे मनाउँदा गाली गलौज गर्दै विवाद गरेका थिए ।

ड्युटीकै समयमा उनले रक्सी सेवन गरी आम नागरिकलाई गाली गलौज गरेको गुनासोको आधारमा तुरुन्तै आएको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो ।

राती १० बजेको समयमा रेल्वे स्टेशनको प्लेटफर्मको दक्षिण तर्फ रहेको सार्वजनिक स्थानमा ३/४ जना युवकहरुले बर्थडे मनाईरहेको बेला उनले गाली गलौच गरेका थिए ।

गाली गलौचपछि त्यहाँबाट निस्केका युवाहरुलाई पछ्याउँदै उनको घरसम्म पुगेर गाली गलौच गरेपछि जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय स्टेशन एरियाले उनलाई भ्यानमा राखी जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

सो क्रममा उनले जनपद प्रहरीलाई समेत लाठीचार्ज गरेको बुझिएको छ । सिभिल पोशाकमा रहेका ती सशस्त्र प्रहरी जवानले जनपद प्रहरीलाई समेत डयुटीकै समयमा गाली गलौच गरेको थियो ।

केही बेरमा कोठामा पुगेर पोशाक लगाएर आएका ती सशस्त्र प्रहरीले अन्य व्यक्तिहरुलाई समेत छाडा गाली गलौज गरेपछि उनलाई जनपद प्रहरीको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धानको लागि लगिएको छ । -न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर