गौशाला : असार १५ गते धान दिवस मनाइरहँदा मधेश प्रदेशमा भने हालसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको छ। धान खेती हुने जग्गा मध्ये ११ प्रतिशतमा मात्र धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालका अनुसार सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो।

मधेस प्रदेशमा हालसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको उनले बताए।

उनका अनुसार सप्तरीमा १५ प्रतिशत, सिरहामा १४ प्रतिशत, महोत्तरीमा १० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।

त्यसैगरी बारामा १० प्रतिशत, रौतहटमा ७ प्रतिशत र सर्लाहीमा ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशमा मलखादको अभावको कारण किसानले रोपाइँ गर्न सकिरहेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर