विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन् ।
सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताए ।
१२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी माथि स्थानीयले आक्रमण गर्दा लेटाङमा महिला प्रहरी श्रेष्ठको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर