
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । शनिबारको बैठकमा प्रस्तुत भएको एजण्डामध्ये आज पार्टी विधानमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन्,’ नेता सोनलले भने ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल हुँदैछ ।
देशमा बढ्दो महँगी, किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए ।