
वीरगञ्ज । एमाले प्रवेश गर्न लगेका वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।
सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक पात्र हुन् । नेता सिंहलाई जसपा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले उनलाई सम्मान गरि पार्टी प्रवेश गराएका छन् ।
उनले भने एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न पाटीका शिर्ष नेताहरुसँग आग्रह गरेका छन् ।